`

नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा दिन्छ – सभापति देउवा

Nepal One HD १६ माघ २०७९ ९:०५
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन् । आज शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका हुन् । ्

उनले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गरेका छन् ।

उनले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्ने बताए।


प्रतिक्रिया