सीतापाइलामा मिनी बस र सुमो दुर्घटनामा घाइते एक जनाको मृत्यु

समाचार

काठमाडौं । काठमाडौंको सीतापाइलामा मिनी बस र सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा घाइते भएकी रसुवाको गोसाइकुण्ड(६ स्थायी घर भई काठमाडौंको पुतलीसडक बस्दै आएकी ५१ वर्षीया यायाल्म घलेको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो ।
कलङ्कीबाट सितापाइला गइरहेको बा २ ख ८३६८ नम्बरको मिनी बस र ना १ ज ३४२१ नम्बरको सुमो ठोक्किँदा उनि घाइते भएकी थिइ्न । दुर्घटनामा घाइते अर्का एक पनि गम्भीर रहेका छन् ।
३ जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट