सरकारलाई रास्वपाको चेतावनी : आज साँझसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन्छौँ

प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो ।
रवि लामिछाने निकट स्रोतका अनुसार साँझसम्म प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई गृह मन्त्रालय दिने निर्णय नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीले साँझसम्म निर्णय नलिए सरकारी निवास पनि आजै छाड्ने तयारी रहेको स्रोतले बतायो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट