‘रविको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय गर्दिन’ : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने बताएका हुन् ।
नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म कुर्नुपर्छ भन्ने धेरैको सुझाव रहेको पनि उनले बताएका छन् । सकेसम्म रास्वपा सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा आफु रहेको प्रधानमन्त्रीको भनाई छ ।
रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका थिए । लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएका थिएर फर्किएका थिए ।