अन्तर्राष्ट्रिय विकास नियोगकी प्रमुख सामन्था पावर नेपाल आउने


काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने तय भएको भएको छ । नियोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पावर यसै साता नेपाल आउने तय भएको हो ।
उनले भ्रमणमा नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । उनले नेपाल र यसको नेपालको सरकारसँगको हाम्रो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने विज्ञप्तिमा उल्लेख छ । उनले संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई बलियो बनाउन गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।
नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हुने भएको छ । अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो । उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।