रास्वपाका नेता गणेश कार्कीको टिप्पणी : पार्टीले राजनीतिक रुपमा गल्ती गर्यो


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले राजनीतिक रूपमा पार्टीले केही गल्ती गरेको स्वीकार गरेका छन्।
आज आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई विधि र नैतिकता सिकाउनु र केपी ओलीले समर्थन र सद्भाव देखाउनु दुखद भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखेका छन्, ‘हामीलाई हेरेर प्रचण्डहरूले विधि र नैतिकताको कुरा गर्ने। हामीलाई ओलीहरूले समर्थन र सद्भाव देखाउनु पर्ने। यस्ता दिनको हामीलाई अपेक्षा थिएन, यस्ता दिन हामीले चाहेकै थिएनौँ। तर भोगिरहेका छौँ। राजनीतिक रूपमा नै केहि गल्ती त हामीबाट भएकै छ। केहि गल्ती हामीबाट हुन लागेकै छ।’
हामीलाई हेरेर 'प्रचण्ड'हरुले बिधि र नैतिकताको कुरा गर्ने । हामीलाई 'ओली'हरुले समर्थन र सदभाव देखाउनु पर्ने ।
यस्ता दिनको हामीलाई अपेक्षा थिएन । यस्ता दिन हामीले चाहेकै थिएनौँ । तर भोगिरहेका छौँ ।
राजनितिकरुपमा नै केहि गल्ति त हामीबाट भएकै छ । केहि गल्ति हामीबाट हुन लागेकै छ ।
— Ganesh Karki (@ganesskarki) February 1, 2023