राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै युवराज पौडेलले आयोगमा उजुरी गरेका हुन् ।
एकजना गैर नागरिक उपप्रधान तथा गृह मन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गइ यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क रहेको छ ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट