`

जाजरकोटमा भिरबाट लडेर एकजनाको मृत्यु

Nepal One HD १८ माघ २०७९ १६:३४
समाचार

सुर्खेत, १८ माघ ।  जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।


प्रतिक्रिया