`

एमालेका अध्यक्ष ओली आज विराटनगर जाँदै

Nepal One HD १९ माघ २०७९ ११:३८
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)प्रदेश १ को आयोजनामा सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन गर्न अध्यक्ष ओली आज विराटनगर जान लाग्नुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भव्य समारोहका बीच एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । एक्स्पो स्थलमा राखिएका करिब चार सय स्टलहरूमा उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।

उद्घाटनमा बटुकहरूद्वारा स्वस्तिक वाचनदेखि शान्तिका दूतका रूपमा १३ वटा परेवा र बेलुन उडाउने सम्मका कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

उद्घाटन अघि अपराह्न १२ बजे विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोसाकमा झाँकीसहितको र्‍याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया