दोलखाको कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर नष्ट, करोडौँको क्षति

समाचार
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाको कटुवाचौर बजारमा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर ९ स्थित कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएको र करोडौँको क्षती भएको छ ।
गएराति ११ बजेदेखि लागेको आगलागीबाट बजार क्षेत्रमा रहेको कमला खाती, सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी र राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
राति ११ बजे रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट आगलागी सुरु भएको बताइएको छ । आगलागी कसरी सुरु भयो भन्ने कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट