`

अध्यक्ष ओली भन्छन् : ‘कांग्रेसलाई अहिले गृहराज्य मन्त्री दिए पनि सरकारमा आउँछ’

Nepal One HD १९ माघ २०७९ १२:५७
प्रमुख खबर

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाएका छन् । विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताउदै कांग्रेसलाई गृह राज्यमन्त्री दिँदा पनि सरकारमा आउने बताएका हुन् ।

अध्यक्ष ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री दिनुपर्ने बताएका हुन् । उनले भने, ‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो । रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।

उनले अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने बताएका छन् । आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको उनको भनाइ छ ।


प्रतिक्रिया