`

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

Nepal One HD १९ माघ २०७९ १३:५९
राजनीति

काठमाडौं / सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय  बसुन्धारामा  बस्ने पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिनु भयो ।

बैठमा सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमासमेत छलफल हुने उहाँले जानकारी दिनुभयो  । पार्टी सभापति रवि लामिछानेले आजै फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताउनु र उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रास्वपालाई गृहमन्त्री दिन इन्कार गरिरहेको अवस्थामा बस्न लागेको रास्वपाको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया