`

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

Nepal One HD १९ माघ २०७९ १५:५८
प्रमुख खबर

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१० वर्षअघि ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएकाे थियो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी  बाँकेबाट पक्राउ परेका  हुन् उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

दोषी ठहर भएकामध्ये एकजनालाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो । साबिक बलिया गाविस– ५ का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।


प्रतिक्रिया