लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेको छ – अध्यक्ष ओली

राजनीति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेको बताएका छन् । बिहिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्ने उनको भनाई छ ।
लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको उनले बताए । उनले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट