‘रास्वपालाई ३२/३५ दिनमा बनाएका योजना कार्यान्वयनका लागि गृहमन्त्राल चाहिएको हो’ : प्रवक्ता ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मुकुल ढकालले ३२ र ३५ दिन रास्वपा मन्त्रालयमा बस्दा आफूले योजना बनाएको र उक्त योजना लागू गर्न गृह मन्त्रालय आफ्नो पार्टीलाई चाहिएको स्पष्टीकरण दिएका छन् । गृहमन्त्रालयमा आफ्नो पार्टी रहँदा आफुहरुले गरेको काम र बनाएको योजना खेर नजाओस् भन्नका लागि गृहमा पार्टीको स्वभाविक दाबी रहेको स्पष्टीकरण दिएका हुन् ।
उनले भने, ‘गृह मन्त्रालय माथि रास्वपाको अडान पार्टीका लागि हो । तर, अन्य पार्टीले हाम्रो पार्टीको निर्णयमाथि हस्तक्षेप गर्न पाउँदैन भन्ने हो । सत्ता समीकरणका क्रममा गृह मन्त्रालय हाम्रो पार्टीले पाएको मन्त्रालय हो, अब ३२र३५ दिन हामी गृह मन्त्रालयमा बस्दै गर्दा त्यहाँ हामीले केही योजनाहरू बनाएका छौँ । र तीनै योजनाहरू लागू गर्नका लागि हामीलाई गृह मन्त्रालय चाहिएको हो । गृहमन्त्रालयमा हाम्रो पार्टी रहँदा हामीले गरेको काम र बनाएको योजना खेर नजाओस् भन्नका लागि गृहमा हाम्रो स्वभाविक दाबी हो ।
प्रवक्ता ढकालले गृहमन्त्रालयमाथिको अडान सभापतिलाई नभई पार्टीका लागि भएको बताएका छन् । गृह मन्त्रालय आफ्नो पार्टीले पाएको जिम्मेवारी भएकाले गृहमन्त्रालयमाथि आफ्नो अडानमा ब्याक नहुने चेतावनी समेत दिएका छन् । उनले आफ्नो पार्टीको निर्णयमाथि अरू पार्टीले हस्तक्षेप गर्ने नपाउने चेतावनी पनि दिएका छन् ।