`

प्रहरीले फरार सांसद कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने

Nepal One HD २० माघ २०७९ १२:२९
समाचार

काठमाडौं । प्रतिनिधिसभाका फरार सांसद लक्ष्मी महतो कोइरीविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्ने भएको छ । मातहतका प्रहरी कार्यालयलाई सोहीअनुसार ‘सर्कुलेसन’ गरिसकेको नेपाल प्रहरीले पक्राउका लागि गोप्य रूपमा टोली परिचालन गरेको हो ।

सूचनाअनुसार कोइरी अहिले भारतमा लुकेर बसेका छन् । पक्राउमा सघाउन प्रहरीले भारतीय समकक्षीसँग पनि अनौपचारिक पहल गरिरहेको छ । तर, सही ‘लोकेसन’ खुल्न नसक्दा सफलता हात पर्न सकेको छैन । यही स्थिति केही दिन लम्बियो भने प्रहरीले कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्नेछ । उनलाई पक्राउ गर्न आन्तरिक ‘सर्कुलेसन’ भइसकेको छ । सकेसम्म उनलाई आन्तरिक पहलबाटै पक्राउ पर्ने पक्षमा प्रहरी छ । यदि त्यस्तो हुन सकेन भने ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्ने बताइएको छ ।

‘डिफ्युजन नोटिस’ जारी भएलगत्तै कोइरी पक्राउको सूचना ‘इन्टरपोल’को ‘च्यानल’भित्र प्रवेश गर्नेछ । जुन सूचना स्वतः इन्टरपोल सदस्य राष्ट्रका प्रहरीसमक्ष प्रवाह हुनेछ । जसबाट सदस्यराष्ट्रका प्रहरीसमक्ष कोइरी पक्राउमा दबाब पुग्नेछ । देशको सीमाभित्र नरहेका फरार अभियुक्त पक्राउ गर्न प्रहरीले यस्तो अस्त्र प्रयोग गर्छ ।


प्रतिक्रिया