`

सर्वोच्चले माग्यो सन्दीप विरुद्धको मुद्दाका कागजात कैफियत प्रतिवेदन

Nepal One HD २० माघ २०७९ १३:०२
प्रमुख खबर

काठमाडौं ।नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धमा सर्वोच्च अदातले कैफियत प्रतिवेदन मागेको छ । न्यायाधीश हरिप्रसाद फुयालको शुक्रबारको एकल इजलासले उच्च अदालत पाटनले दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेशी तोकिनेछ । जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्नुको साटो धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायिक सिद्धान्त विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा पुगेको हो ।


प्रतिक्रिया