`

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग आज परराष्ट्र मन्त्री पौड्यालले भेट गर्ने

Nepal One HD २० माघ २०७९ १३:४३
राजनीति

काठमाडौँ / श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा।बिमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ ।श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री डा।पौड्यालले आज साँझ त्यहाँका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट अघि परराष्ट्र मन्त्री डा।पौड्यालले श्रीलङ्काका विदेश मन्त्री एमयूएम अली सब्रिसँग भेट गर्दै हुनुहुन्छ ।उहाँ आजै श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । मन्त्री डा।पौड्याल भोलि शनिबार बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

उहाँले शनिबार दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया