`

पर्सा राष्ट्रिय निकुञ्जद्धारा कांग्रेस र स्वतन्त्र सांसदविरुद्ध मुद्दा दायर

Nepal One HD २० माघ २०७९ १४:२८
समाचार

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जले दुईजना प्रदेश सांसदसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । वन्यजन्तुको अवैध चोरी शिकारीमा संलग्न रहेको ठहर गर्दै निकुञ्जले मुद्दा दायर गरेको हो ।

कार्यालयले काठमाडौं ५ ९२० बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामकुमार खड्का र पर्सा ३ ९१० बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जयसवालविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमाथिको कसूर प्रमाणित भएमा ५० हजार कैद र १ वर्षसम्म कैद जरिबाना हुनेछ । सांसद खड्काको नाममा दर्ता रहेको बन्दूक प्रयोग गरेर निकुञ्जमा संरक्षित जरायो मारिएको थियो ।


प्रतिक्रिया