`

‘खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालाना गर्नुपर्दैन’ : महामन्त्री शर्मा

Nepal One HD २० माघ २०७९ १४:४७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भन्ने प्रश्न गरेका छन् । शर्माले बलात्कार अभिव्यक्त सन्दीप लामिछानेको विषयमा अध्यक्ष चन्दलाई फोन गरेर सो प्रश्न गरेका हुन् ।

क्यानले नाबालिग बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने प्रक्रिया सुरु गरेपछि महामन्त्री शर्माले त्यस्तो प्रश्न गरेका छन् । चन्दसँग भएको सम्वादबारे उनले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा सोधेँ– ‘खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालाना गर्नु पर्दैन रु’ सन्दीप लामिछानेका विषयमा मौनता नसाँध्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि शर्माले ध्यानाकर्षण गराएका छन् ।

‘खेलकुद मन्त्री पनि प्रधानमन्त्रीनै हुनुहुन्छ । ध्यानाकर्षण गराउँछु कि सही भएको छ बधाई दिनुस्ः यो प्रकरणमा पनि अदालत कुरौं, हतारो नगरौँ, गल्ती सच्याउन भन्नोस्,’ पीएम नेपाललाई मेन्सन गर्दै लेखेका छन् । बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ ।


प्रतिक्रिया