`

भालुको आक्रमणबाट वीरगञ्जमा दुई जना घाइते

Nepal One HD २० माघ २०७९ १९:४१
समाचार

वीरगञ्ज – भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् ।

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ ।

जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।


प्रतिक्रिया