सत्तारुढ दललाई अध्यक्ष नेपालको प्रश्न : ‘वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहन्छ ?’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म थेग्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिवारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटनमा उनले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले खटपट सुरु भइसकेको देखिरहेका छौँ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो रु यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरू कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ ।’
वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो रु भनी प्रश्न समेत गरे । उनले माओवादीलाई ढुलमुले पार्टी भनेका छन् । अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।