`

श्रीलंकाले किन ग र्‍यो ५८८ जना बन्दी रिहा ?

Nepal One HD २१ माघ २०७९ १४:५८
विश्व

कोलोम्बो । श्रीलंकाले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ ।

ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो ।श्रीलंकाको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् १९७ जना बन्दीलाई रिहा गरिएको थियो। श्रीलंका सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो। आज उसले ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ छ ।


प्रतिक्रिया