`

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भोलि

Nepal One HD २१ माघ २०७९ २०:०९
राजनीति

नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पनि बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बसेको बैठकमा विकसित राजनीतिक परिस्थितिको बिषयमा नेताहरूबाट धारणा राख्ने क्रम भइरहेको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु भएको छ ।

बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष बोलिको बैठकमा निकालिनेछ ।


प्रतिक्रिया