निर्णायक बैठक बस्नुअघि प्रधानमन्त्रीसँग भेटे रविले

प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका रास्वपाका सभापति लामिछानेले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।
सरकारबाट बाहिरिने चेतावनी दिएपछि उसले सरकारमै रहने वा बाहिरिने भन्ने निर्णय गर्न सकेको छैन । सो निर्णयमा निर्णय गर्न रास्वपाको पदाधिकारी तथा केन्द्रीय समिति बैठक बस्दैछ ।
उक्त बैठक बस्नुअघि सभापति लामिछानेले बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले एक घण्टा छलफल गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट