`

नेता श्रेष्ठ निर्वाचन आयोग पुगे ‘स्वतः विजयी’ घोषित गर्न

Nepal One HD २२ माघ २०७९ १२:३८
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुगेका छन् । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता श्रेष्ठ स्वतः विजयीको माग गर्दै निर्वाचन आयोग पुगेका हुन् ।

निवेदन बुझाएर आयोगबाट बाहिरिँदै श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई सपष्ट पार्ने बताएका छन् । । यसबारे उनले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन जनाकारी गराउने भएका छन् ।

लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका हुन् ।


प्रतिक्रिया