`

‘नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य छ’ : शिक्षामन्त्री खनाल

Nepal One HD २२ माघ २०७९ १२:५३
प्रमुख खबर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्ने गरी नीति, निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राथमिक र आधारभुत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने जिकिर गरे । नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरूप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।


प्रतिक्रिया