राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु,सरकारबारे निर्णय हुने

राजनीति

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकले गृह मन्त्रालयको विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ।
बैठकले सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निष्कर्ष निकाल्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई गृह मन्त्रालय बाहेकका मन्त्रालय प्रस्ताव गरेपछि रास्वपा अनिर्णीत बनिरहेको छ।
यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो।बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट