`

रविलाई प्रधानमन्त्री प्रचण्डले भने : अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म सँग नै रहन्छ

Nepal One HD २२ माघ २०७९ १३:१०
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।


आइतबार बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन लामिछानलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने प्रचण्डको भनाइ थियो ।


प्रचण्डले भने, “सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादर छौँ । तपाईंको मन्त्रालयको संख्या घटाउन खोजेको होइन, जतिवटा मन्त्रालय तोकिएको छ, त्यो दिइन्छ, तपाईं उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म (प्रधानमन्त्री)सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।”

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ । सरकारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । उक्त बैठकले सरकारमा रहने वा बाहिरिने ठोस निर्णय गर्नेछ ।


प्रतिक्रिया