`

सांसद तेजुलाल चौधरीकाे प्रश्न : ‘थारुहरूको भावनामाथि सरकारले किन दमन गरिरहेको छ ?

Nepal One HD २२ माघ २०७९ १३:५७
राजनीति

काठमाडौँ – नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले जातिय आधारमा सरकारले थारुहरूको भावनामाथि दमन गरिरहेको भन्दै प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाकोे बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।


उनले भने, ‘थारुहरूको भावनामाथि सरकारले किन दमन गरिरहेको छ ? टिकापुर घटना नेपालमा राजनीतिक आन्दोलनका घटनाहरूमध्ये त्यस्तो ठूलो घटना होइन, हामीले थुप्रै घटनाहरु देखेका छौँ, बसमा गुडिरहेका ५० औं यात्रीलाई बमले उडाइएको छ । त्यस्तो घटनामा दोषीले उन्मुक्ति पाउने, अनि थारुहरूले आफ्नो पहिचानको लागि संघर्ष गर्दा उनीहरूलाई दमन गर्ने र जेलमा थुन्ने गरिएको छ, यो न्यायसंगत भएन ।’


नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संसद्मै यस्तो माग गर्दै आएका छन् भने अन्य दलका सांसदहरूले पनि यो विषयमा आवाज उठाउन थालेका छन् ।


प्रतिक्रिया