‘नेतालाई आर्थिक सहयोग गर्न पालिकाको सिफारिस नचाहिने, गरिब जनतालाई किन चाहिने ?’

राजनीति

काठमाडौँ – सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याइँ गरेको बताएका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनुपर्ने बताए।
नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए। उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए।
उनले भने, ‘गरिब जनताको स्वास्थ्य उपचार तथा अरू कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्यो भने सरकारले पालिकाको सिफारिस ल्याऊ भन्छ। सिफारिस ल्याए पनि निकासा हुँदैन। तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ। यो अवस्था किन रु यसलाई सुधार गर्नुपर्छ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट