`

मिडिया र सम्पादकलाई रविको चुनौती : ‘क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउनु’

Nepal One HD २२ माघ २०७९ १६:३७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी पासपोर्टलिएको स्वीकार गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताएका हुन् ।

तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन् । उनले भने आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन’

पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताएका छन् । रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।


प्रतिक्रिया