`

रवि लामिछाने भने – म डराएर राजनीति गर्न आएको हैन

Nepal One HD २२ माघ २०७९ १७:४२
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफु डराएर राजनीति गर्न नआएको बताएका छन् ।

आज पार्टी बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले आफु डराएर राजनीति गर्न नआएको बताएका छन् ।

मिडियाप्रति आक्रोशित भएका लामिछानेले आफूविरुद्ध बिना प्रमाणका समाचार प्रकाशित गरेमा आफ्नै किसिमले कारवाही गर्ने चेतावनी दिएका छन् ।

लामिछानेले मिडियाका मालिक र सम्पादकहरुलाई आफूसँग चुनाव लड्न चितवन-२ मा आउन चुनौती दिएका छन् । मिडियाले अदालतलाई प्रभावमा पार्न लगातार गलत कुरा मिडियामा ल्याएको आरोप लगाएका छन् ।

लामिछानेले ठुला मिडियासँग सरकार र नेताहरु डराएको भन्दै आफु मिडियासँग नडराउने बताए ।

लामिछानेले आफूले विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको गुनासो गर्दै पत्रिकाको कुनामा सो बारेको समाचार देख्दा दुख लागेको बताए ।


प्रतिक्रिया