`

रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने

Nepal One HD २३ माघ २०७९ ७:३६
समाचार

काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ ।

गएको मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गरेको स्थितिमा आयोगले सो माग पूरा गर्न नसकिने प्रस्ट्याएको हो ।

सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद पद गएसँगै उनका निकटतम प्रतिस्पर्धीको हैसियतले श्रेष्ठले आइतबार आयोग पुगेर सो निवेदन दिएका हुन् ।आयोगले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएको जनाएको छ ।

श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको प्रस्ट्याए ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


प्रतिक्रिया