नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

प्रमुख खबर

काठमाडौं – नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । दुई समुह विच एक आपसमा झगडा हुँदा ढुङ्गा हानाहान भएको हो ।
सोमबार क्याम्पस परिसरमा संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
शेखर(गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर(पक्षका विद्यार्थी नेताहरुले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट