रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनमन्त्रीको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत भएको हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार
उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित हिजो राजीनामा दिएका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् । हिजो राजीनामा दिएलगत्तै आफू बसिरहेको क्वाटर खाली गरेको बताएका छन् ।
मन्त्रीबाट पद मुक्त भएकाहरुले एक हप्ताभित्र क्वाटर छोड्नुपर्ने प्रावधान रहेको छ । रास्वपाका तर्फबाट शिक्षामन्त्री रहेका शिशिर खनालले भने आज क्वार्टर छोडेका छन् ।