कांग्रेस अहिले नै सरकारमा सहभागी हुँदैन : शेखर कोइराला

राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ, सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।” उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट