`

काठमाडौंमा बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु

Nepal One HD २३ माघ २०७९ २०:४७
समाचार

काठमाडौं – काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए । 

लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो । घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताए । 

उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।


प्रतिक्रिया