`

भाेली दिउँसो विप्लवले पत्रकार सम्मेलन गर्ने

Nepal One HD २४ माघ २०७९ १५:१९
राजनीति

काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

विप्लवले पत्रकार सम्मेलनमार्फत पछिल्लो बन्दी रिहा, मुद्दा फिर्ताको विषय र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिने बताइएको छ ।

सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने छन् । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।


प्रतिक्रिया