`

राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं, सरकारमा भने जाँदैनौं : शेखर कोइराला

Nepal One HD २४ माघ २०७९ १५:२५
राजनीति

काठमाडौँ – नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा काँग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। अन्य दलहरूसँग सहमति गरेर काँग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहामा उद्घाटन गर्दै कोइरालाले भने, ‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला। राष्ट्रपति निर्वाचनमा काँग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। काँग्रेसकै उम्मेदवारले जित्छ।’

काँग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए। ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। काँग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन,’ उनले भने।

उनले काँग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए। ‘हामी सरकारमा जान्दैनौँ, प्रतिपक्षमै बस्छौँ,’ उनले भने।


प्रतिक्रिया