`

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्ने गगन थापाको टिप्पणी, भन्छन् – ‘हामी हराएरै छाड्छौं’

Nepal One HD २५ माघ २०७९ १३:५९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराउन लागि पर्ने बताएका छन् । बुधबार आयोजित आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ भन्ने टिप्पणी गर्दै उनले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लागि पर्ने बताएका हुन् ।

उनले भने, एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।त्यसैले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्छौं । आफ्ना उम्मेदवारलाई भोट माग्छौं, फकाउन लाग्छौं ।’ एमालेको उम्मेदवार राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति बन्ने टिप्पणी उनले गरेका छन् ।

थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने पनि बताएका छन् । गठबन्धन टुटेपछि उठेको प्रश्नको उत्तर दिन सक्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी १ बजेपछि एमाले आउँछ भनेर दंग परेर बसेका हौं । माओवादी साथीहरुलाई पनि एमालेले कांग्रेस छाडेर आउनुस् दिन्छौं भनेकै हो । उहाँहरु ढुक्क भएर जानुभयो । एमालेले त्यो दिन छट्टु काम गरेकै हो । हामी झुक्कियौं ।’ महामन्त्री थापाले पुस १० गते एमालेले कांग्रेसलाई ३ बजे तयार भएर बस्नु हस्ताक्षर लिएर आउछौं भनेकोसमेत बताए ।


प्रतिक्रिया