देशमा आतंक फैलाउने शत्तिलाई युवा संघले साइजमा राखेर काम गरेकाे छ : महेश बस्नेत


धनुषा – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देशमा आतङ्क फैलाउने शक्तिलाई राष्ट्रिय युवा सघ नेपालले साइजमा राखेर काम गरेकाे बताउनुभएकाे छ । राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा कमिटीको शपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु हो ।
उहाँले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभयाे ।
नेपालमा भएका हरेक किसिमका परिवर्तनमा युवाहरूको महत्त्वपूर्ण भूमिका छ । त्यसैले आगामी दिनमा समतामूलक समाज निर्माणमा युवाहरूले अग्रसरता लिनुपर्छ’,उहाँले भन्नुभयो ।
मधेशमा हिजो एमालेलाई विरोध गर्नेहरू अहिले एमालेको झण्डामुनि आएको उहाँले चर्चा गर्नुभयो । राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमाले जात, धर्मको राजनीति नगरेर वर्गीय राजनीतिको पक्षमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि केही शक्तिहरू सामाजिक सञ्जालमा एमाले विरोधी गतिविधिमा लागेको छ । त्यसकारण त्यस्ता गतिविधि रोक्न युवा सङ्घ नेपालका नेता-कार्यकर्ता सचेत र जागरुक हुनुपर्छ।’
राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा जिल्ला आयोजक कमिटीका अध्यक्ष रोशन यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सङ्घ नेपालका सहइन्चार्ज सञ्जीव झा, एमाले मधेश प्रदेश कमिटी सदस्य एवम् युवा नेता लक्ष्मीनारायण यादव, युवा नेता लवकुमार यादवसहितको उपस्थिति थियो ।