`

राष्ट्रपति भण्डारीले २८ माघमा रात्रीभोज दिदैँ

Nepal One HD २५ माघ २०७९ १६:२०
प्रमुख खबर

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरुका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।

संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशाेर यादवले जानकारी दिए । राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भाेजमा जमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उचच अधिकारी कुटनीतिक नियाेगका पमुखहरु उपस्थित हुनेछन् ।

आगमी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन ।नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ ।

निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।


प्रतिक्रिया