सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय भएको छ । सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत नदिने निर्णय भएको हो ।
रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । आफ्नो पार्टीको मागमुद्दा सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छन् ।
बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन । प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुने छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट