`

एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालयमा सुरु

Nepal One HD २६ माघ २०७९ १४:०६
राजनीति

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।


बिहिबार पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको एमालेका एक नेताले जानकारी दिए ।


उनका अनुसार आज बसेको बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय आएका खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालयलगायतको विषयमा छलफल हुने छ।

त्यस्तै सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा केन्द्रित छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि आजै बस्दैछ। दिउँसो ३ बजे बस्ने यो बैठकको एजेन्डाबारे पनि एमाले बैठकमा छलफल हुँदैछ।


प्रतिक्रिया