`

रविको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान गर्ने सरकारी वकिल कार्यालयले माग्यो सम्बन्धित कागजात

Nepal One HD २६ माघ २०७९ १४:३३
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु भएको छ ।  सरकारी वकिलको कार्यालय काठमाडौंले  पेस भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले  कागजात मगाएर अनुसन्धान सुरु  गरेको हो । 

 जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मागेको हो ।   कार्यालयले जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा रवि लामिछानेको  बारेमा विस्तृत विवरण माग गरेको हो ।   युवराज पौडेलले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण भएपश्चात् प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने  तयारी रहेको वकिलहरूले जनकारी दिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेस गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित ब्यहोरासँग सम्बन्धित कागजात र अरू विवरण मगाएको हो । 


प्रतिक्रिया