`

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

Nepal One HD २७ माघ २०७९ १०:३८
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागिता रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यकिरण शर्माले जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । 

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् । 


प्रतिक्रिया