`

संसदमा सम्पत्ति शुद्धीकरण र व्यवसाय प्रवर्द्धनसहित १९ ऐनका व्यवस्था संशोधनका लागि विधेयक दर्ता

Nepal One HD २७ माघ २०७९ १३:४२
अर्थ समाचार

काठमाडौं । नयाँ संसद् आएपछि पहिलोपटक सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । शुक्रबार सरकारले सम्पत्ति शुद्धीकरण र व्यवसाय प्रवर्द्धनसहित १९ ऐनका व्यवस्था संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्ले विधेयक दर्ताको स्वीकृति दिएपछि प्रतिनिधिसभामा विधेयक दर्ता भएको हो । सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको हो ।

तत्काल गर्नैपर्ने र जटिल समस्या देखिएका १९ ऐनका व्यवस्थालाई संशोधन गर्ने गरी विधेयक दर्ता भएको छ।


प्रतिक्रिया