`

‘जनयुद्ध दिबस’ मनाउने निर्णयको बिरोधमा सिंहदरवार अघि प्रदर्शन गरिदैँ

Nepal One HD १ फागुन २०७९ ७:३२
समाचार

काठमाडौं, १ फागुन । ‘जनयुद्ध दिबस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको बिरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौंमा बिरोध तथा धर्नाको आयोजना गरिएको छ ।’

‘रगतको होली खेल्ने नेपाल र नेपालीको पिडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सबका नाममा बिदा दिने निर्णयको बिरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिबस’को बिरोध र धर्ना कार्यक्रम तय गरिएको दिक्षितले जानकारी दिए । 


प्रतिक्रिया