`

‘जनयुद्ध दिबस’ मनाउने निर्णयमा शेखरको प्रश्न, ‘कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

Nepal One HD १ फागुन २०७९ १०:२२
प्रमुख खबर

काडमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिबस’ पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।
 
आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन । 

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोईरालाले टविट गर्दै प्रश्न गरेका छन, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ?  देश कता जाँदैछ ? कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’ 

 जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ । 


प्रतिक्रिया